काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा नेपालले रजत पदक जितेको छ ।
स्वर्णको लागि मंगलबार भएको फाइनलमा भारतसँग ३-२ को सेटमा पराजित हुँदै नेपाल ऐतिहासिक स्वर्णबाट बन्चित भएको हो । भारतलाई हराएको भए नेपालले भलिबलमा इतिहास रच्ने थियो । नेपालको लागि रजत पदक पनि ऐतिहासिक हो । नेपालले पहिलो पटक सागमा रजत जितेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको रोमान्चक खेलमा पहिलो सेट भारतले २५-१७ ले जितेको थियो । तर, दोस्रो र तेस्रो सेट नेपालले २५-२३ र २५-२१ ले जित्दै स्वर्णको आशा जिवित बनाएको थियो ।
चौंथो तथा अन्तिम सेट भारतले २५-२० ले जित्दै खेल २-२ सेटको बराबरीमा ल्याए । त्यसपछि खेलको अन्तिम सेट १५-६ ले गुमाउदै नेपाल ऐतिहासिक स्वर्णबाट बन्चित भयो । महिला भलिबलमा श्रीलंकाले कास्य जित्यो ।
आफ्नो प्रतिकृया दिनुहोस्