–सरकारलाई विधि र पद्दती, संविधानका धारा सिकाउने, तानाशाही प्रवित्तिमा गयो भनी चोक र सभामा भाषण गर्ने देउवाले विधान र पद्दतीलाई धोती लगाइदिए
–गिरीजाप्रसाद कोइरालासँग बारम्बार ४० प्रतिशतको भागवन्डाका लागि बितण्डा गर्ने देउवा कांग्रेस सत्तामा आएपछि एक प्रतिशत पनि कसैलाई गन्दैनन्
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान, पद्दती र नियम त मिचेकै थिए अब जंगबहादुर शैलीमा निर्णय पनि गराउन सुरु गरेका छन् । जसका कारण कांग्रेसभित्र गुटगत समिकरणमा पहिरो जाने लगभग निश्चित भइसकेको छ ।
अर्को कार्यकालमा पनि सभापति बन्ने अभिलाषा राखेका ७७ बर्षिय देउवाले पार्टीका विभाग २७ बाट ४७, तरुण दलको अवधि ६ महिना थप्ने, आगामी बर्षको फागुनमा मात्रै महाधिवेशन गर्ने निर्णय गरेर जंगबहादुर राणाको शैली अपनाएको कांग्रेस नेताले नै आरोप लगाउन थालेका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता भएका नाताले सरकारलाई विधि विधान र संविधानका दायरा सिकाउनेले आन्तरिक पार्टी निर्णयमा तानाशाही व्यवाहार देखाएको भन्दै उनको आलोचना पदाधिकारी, बरिष्ठ नेतालगायतबाट नै हुन थालेको छ ।
महामन्त्री डा. शशांक कोइरालाले त अब देउवाको नेतृत्व फेरि आए कांग्रेस समाप्त हुनसक्नेसम्मको चेतावनी दिएका छन् ।
यसै साता केन्द्रीय समितिको बैठक डाकी देउवाले मनलाग्दी निर्णय गराइछाडे, जसमा रामचन्द्र पौडेललगायतका नेताको सहभागीता नै थिएन ।
सहमतिका आधारमा हुनुपर्ने निर्णय बहुमतका आधारमा गरेर पार्टीजीवन नै ध्वस्त बनाएको नेताहरूको कथन छ । १३ औं महाधिवेशनको दोस्रो राउन्डमा सभापति बन्न सफल भएका देउवाले चुनावमा पार्टीको अवस्थालाई ध्वस्त पारेका थिए ।
कतिपय ठाउँमा तत्कालिन माओवादीसँग सहकार्य गरेको, महाअभियोगलगायतका मुढेबलका काम गरेर कांग्रेसलाई जनतामा अलोकप्रिय बनाएको आरोप खेपीरहेका उनले पार्टी सत्तामा बसेर पदको दुरुपयोग गरेको हुन् ।
जंगबहादुरका पालामा पनि यतिसम्मको अराजकता र मनलाग्दी काम भएको थिएन होला, जुन सभापतिले गरिरहेका छन् । सहमतिका आधारमा नै बहुमत र अल्पमतको निर्णय हुने गर्छ ।
एउटा तप्का बैठकमा सहभागी नभएको मौकामा मनलाग्दी निर्णय भयो’, एक केन्द्रीय सदस्य भन्छन्,।।।भ्रातृ संगठनदेखि अनेक संस्थालाई ध्वस्त पारेपछि पार्टीलाई पनि खरानी बनाउने व्यवाहार उत्रिएको प्रस्ट देखियो ।’
त्यसो त नेपाल विद्यार्थी संघका लागि पारित गरिएको विधान मिचेरै नेतृत्व ५० कटेकालाई दिन लागेको भनी विरोध भएको थियो । जहाँ कार्यकर्तालाई अपशव्द नै बोलेर देउवाले गाली गरेका थिए । त्यसबेला पनि उनको चर्को आलोचना भएको थियो । यति मात्र होइन, देउवाको
चरित्रलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले व्यंग्यात्मक रुपमा कुरा नै नबुझिनेसम्म भनेकी थिइन् ।
उहाँको कार्यशैली प्रधानमन्त्री हुँदा होस् वा सभापति हुँदा एउटै खालको देखिएको छ । हिजोको दिनमा जस्तै अहिले पनि पदको दुरुपयोग गरी मनपरी निर्णय लिन थाल्नु भयो’, कांग्रेस उच्च स्रोतलेभन्यो, बुढानिलकण्ठलाई मुकाम बनाएर कांग्रेसलाई एक्लौटी ढंगले चलाउने कोशिश भएको छ यो मान्य हुँदैन ।’
देउवाको पछिल्लो निर्णयको विरोधमा पौडेलले तल्ला तहसम्म नै पार्टीमा भण्डाफोर गर्दै हिँड्ने बताइसकेका छन् । यहाँसम्मकी पत्रकार सम्मेलन गरेरै आफ्ना सभापतिविरुद्ध पौडेलले आक्रोश व्यक्त गरेका थिए ।
देउवाका यस्तो हर्कतका विषयमा भने कांग्रेसमा उदाइरहेको कृष्णप्रसाद सिटौलाको समूह भने मौन रहेको छ । देउवाविरुद्ध पौडेलसहित महामन्त्री कोइराला, नेता शेखर कोइराला, सुजाता कोइराला, प्रकाशमानसिंहलगायतको ठूलो खेमा लागेको छ ।
हिजोका दिनमा कोइराला परिवारले देउवालाई जसरी पेलेको थियो, उनीहरूले पनि पेलिनुपर्दाको पीडा खेपीरहेका छन्’, स्रोतले भन्यो, गिरीजाप्रसाद कोइरालालेचाहिँ विधि र विधान मिचेर जे गर्दा नि ठिक थियो, अहिले देउवाले गर्दाचाहिँ गलत भयो ?’
यति मात्र होइन केन्द्रीय समितिका बैठकमा पनि कतिपयको भनाभन नै हुने गरेको थियो । यहि क्रममा महासमिति सदस्यहरूको भेला गरी महाधिवेशनलगायतका विषयमा निर्णय भएको थियो ।
पौडेल समूहले महासमितिको निर्णयविरुद्ध केन्द्रीय समितिमा बहुमत भएको नाममा पेलेको आरोप लगाउँदै आएको छ ।
जनप्रहार साप्ताहीकबाट
आफ्नो प्रतिकृया दिनुहोस्