काठमाडौं । कागेश्वरी नगरपालिकामा भएका अनियमितता, चरम बेथिती र नगर प्रमुखको मनोमानी र स्वेच्छाचारीता लाई मध्यनजर गर्दे नेपाली कांग्रेस नगर संघर्ष समितीले विरोध प्रदर्शन गरेका छन् ।
विरोध प्रदर्शनमा नेपाली कांग्रेसबाट निर्बाचित वडा अध्यक्षहरु सुदर्शन धिमाल, भाईकाजी अधिकारी, जीवन थापा तथा वडा सदस्यहरु सहदेव कार्की, शर्मिला थापा कार्की, लक्ष्मण पुरी, बिना थापा, आत्माराम बस्नेतले हातमा कालो पट्टि बाधेर जनताको काम काम गरेको हो ।
उनिहरुले प्रदर्शनमा हिजो लैगिक हिसा सम्बन्धी कार्यक्रमहरु कांग्रेसबाट निर्बाचित जनप्रतिनिधीहरुले बहिस्कार सँगै नेपाली कांग्रेसबाट निर्बाचित जनप्रतिनिधीहरुद्वारा नगर प्रमुख सम्मिलित औपचारिक कार्यक्रमहरु समेत बहिस्कार गरेको हो ।
समितीले यहि मङ्सिर २८ गते शनिबार, बिहान ७स्३० बजे नगरपालिका भित्रका पेशाकर्मी, बुद्धिजीवी तथा नागरिक अगुवाहरुसङ कांग्रेसले अगादी सारेका माग र नगरपालिकाको हालको अबस्थाबारे अन्तरकृया गर्ने, पुस ३ र ४ गते नगरपालिका घेराउ समेत गर्ने संघर्श समितिका सम्योजक शंकर थापाले बताएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्