कैलाली । बलात्कारको झुठो आरोप लगाउने कैलालीका दुई महिलालाई जेल चलान भएका छन् ।
दुईजना महिलालाई जिल्ला अदालत कैलालीले बलात्कारको झुठो मुद्दा हालेर पुरुषलाई फसाउन खाजेको भन्दै कैद सजाय सुनाएर कारागार चलान गरेको हो।
गत मंसिर ११ गते जबरजस्ती करणीको मुद्दामा जिल्ला न्यायधिश बाबुकाजी बानियाको इजलासले फैसला सुनाउँदै दुईजना महिलालाई कैद सजाय तोकेको अदालतका सूचना अधिकारीले जनाएका छन् ।
जिल्ला अदालत कैलालीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर ५ का दशरथ चौधरी प्रतिवादी रहेको मुद्दामा जाहेरीवाली परिवर्तित नाम ७१–१६७ की महिलालाई एक महिना कैद सजाय सुनाईएको छ। प्रतिवादीका अनुसार यस्तै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर २ का श्याम गौतम प्रतिवादी रहेको मुद्दामा जाहेरीवाली परिवर्तित नाम १६२–२ लाई पनि दुई महिना कैद सजाय सुनाईएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्