धनुषा । जनकपुर उपमहानगरपालिका-२१ कुर्था बस्ने ४० वर्षीया रानी देवी पंजियारलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उनकै जेठाजु नाता पर्ने श्रीप्रसाद पंजियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मिथिला नगरपालिका-९ बडहरी रेडक्रस पछाडी आँपको बगैचामा श्रीप्रसादले ती महिलालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केवर र अस्थायी प्रहरी पोष्ट बडहरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको
हो ।
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रानी देवी पंजियारको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्