काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा रहेको कपन बहुमूखी क्याम्पसको निमार्ण गर्ने भन्दै जनप्रतिनिधि र क्याम्पस व्यवस्थापन समितिबिचको सहमतिमा बालुवा तस्कर गरेको प्रमाण फेला परेको छ ।
बुढानिलकण्ठ नगरपालिका अन्तरगर्त कपन १० का वडाध्यक्ष नवराज भट्टराईलगायतको समूहले कपन बहुमुखि क्याम्पस निमार्णको नाममा बालुवाको कारोबार गरेका हुन् ।
क्याम्पस व्यवस्थापन समिति, क्याम्पस प्रशासन र नगरपालिका वासीलाई भ्रममा राखेर गरिएको निर्णयसँगै बालुवाको कारोबार गरि अवैध हिसाबले रकम उठाइएको प्रमाणले देखाउद छ ।
सार्वजनिक बाटोको बालुवा निकालेर बेचिएको तथ्य भेटिएको छ । चार महिनादेखि उक्त सार्वजनिक बाटोको १५ लाख बराबरको बालुवा वडा अध्यक्ष र क्याम्पसका कर्मचारीको मिलोमतोमा बेचविखन भईरहेको हो ।
गैर कानुनी धन्दामा नगरपालिकाका मेयर उद्धव खरेलको समेत सहमति रहेको टोलीले कपन बहुमुखी क्याम्पसमा १५ लाख घाटा भएको हुँदा त्यसको भरपाई गर्न बाटोको बालुवा निकाल्नु परेको भन्दै आएका हो । बस्ती समेत जोखिममा पारी गरिएको कामलाई कसरी क्याम्पसको घाटापूर्ती हुन्छ ? भन्ने प्रश्न उठेको छ ।
एउटा विज्ञप्ति जारी गरी वैधानिक हिसाबले नै बाटो समथर बनाउनका लागि बालुवा निकालिएको स्वीकार गरिएको भएता पनि प्राप्त प्रमाण र तस्बिरले बाटो खाल्डो बनाई, बाटो नै भत्काएर जोखिमपूर्ण बनाइएको प्रस्ट देखाउँछ ।
क्याम्पस व्यवस्थापन समिति, क्याम्पस प्रमुख र नगरपालिकाको मिलोमतो रहेको पुष्टि दुवै तिरबाट जारी भएका विज्ञप्तिबाट भएको छ । नीति निर्णयमा बैधानिक देखिने तर व्यवाहारिक पाटोबाट अवैधानिक काम गरिएको प्रस्ट देखिन्छ । विद्यार्थी आम्दानी रसिदमा बिल तयार पारिएको छ । जबकि उक्त बिल विद्यार्थीले तिरेको शुल्कका लागि मात्र प्रयोग गरिन्छ । जसलाई वैधानिक मान्न सकिँदैन ।
बालुवा बिक्रि गरेको रसिद:-
निडर इन्स्पेक्टर जनप्रतिनिधिकै तारो
कपनकी प्रहरी निरक्षक सुरक्षा केसीले बस्ती नै जोखिममा पर्ने उक्त काम रोक्न खोजिन् । यसको बदला उनको सरुवाका लागि जनप्रतिनिधिदेखि यस प्रकरणका सबैको मिलोमतो देखियो ।
वडा अध्यक्ष समेतको समूह प्रहरी निरक्षकको सरुवा गर्न गृहमन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म डेलिगेशन पुगेको थियो ।
जनप्रतिनिधि कै कमजोरी देखिएपछि गृहसचिव प्रेम राईले इन्स्पेक्टर केसीलाई हटाउन आएको प्रस्तावको बेवास्ता गरिदिएका थिए ।
अवैध उत्तखनन् माथि इन्स्पेक्टर केसीले धावा बोलेपछि तितर बितर भएका जनप्रतिनिधीहरू सरुवाको माग गर्दै गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालय पुगेका थिए ।
इन्स्पेक्टर केसीले बालुवासहित केही गाडी नियन्त्रणमा लिई कारवाहीको लागि सम्बन्धीत निकाय पठाएकी थिइन् ।
आफ्नो प्रतिकृया दिनुहोस्