काठमाडौं । भारतको हैदराबादको बहुचर्चित डाक्टर बलात्कार काण्डमा पक्राउ परेका चारै जना अभियुक्त प्रहरी इन्काउन्टरमा मारिएका छन् । नेशनल हाईवोए (एनएच)४४ राजमार्गमा चार अभियुक्त इन्काउन्टरमा मारिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
प्रहरीले हैदराबादबाट ५० किलोमिटर टाढा महबुब नगर जिल्लाको चटनपल्ली गाउँमा इन्काउन्टर गर्दा चारै जना मारिएका हुन् । तेलंगना प्रहरीकमा एडीजी जीतेन्द्रले आज बिहान तीन बजे चारै अभियुक्तको मुठभेडमा मृत्यू भएको बताएका छन् । चारै जना अभियुक्तलाई बुधबार प्रहरी हिरासतमा राखिएको थियो ।
गएराति चारै अभियुक्तलाई बलात्कारपछि हत्या गरिएकी डाक्टरको शब भेटिएको स्थानमा लगिएको थियो । सो स्थानमा घटनाको दृश्य रिक्रिएट गर्ने क्रममा प्रहरीमाथि नै हमलाको कोशिस गरेपछि प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको बताइएको छ ।
२८ नोभेम्बरमा हैदराबाटमा २७ वर्षीया पशु चिकित्सकको शब जलेको अवस्थामा भेटिएको थियो । जाँचका क्रममा बलात्कारपछि हत्या गरेर शब समेत जलाएको पत्ता लागेको थियो । घटनापछि पक्राउ परेका उनीहरुलाई अनुसन्धानका लागि १४ दिनका लागि हिरासतमा पठाइएको थियो ।
ईनकाउन्टर गर्ने को हुन् ?
सन् १९९६ आईपिएस अफिसर ब्याजका हैद्रबाद कमिस्नर आईपिएस सीपी सज्जननारले २८ नोभेम्बरमा हैदराबाटमा २७ वर्षीया पशु चिकित्सकमाथि बलत्कार गर्ने चार जना अभियुक्तलाई ईन्काउन्टर गरेको छ । यस अघि पनि सज्जननारले सन् २००८ डिसेम्बरमा आन्द्र प्रदेश ओरङगलमा दुई महिला माथि एसिड् आक्रमण गर्ने तिन जनालाई ईन्काउन्टर गरेको हो । साथै उनले माओवादी विद्रहीहरुलाई मार्ने ईन्काउन्टर स्पेसल टोलीको समेत नेतृत्व गरेको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्