काठमाडौं । गैरकानुनी रुपमा आपराधिक गतिविधिमा संलग्न चिनियाँ विरुद्ध चीनसँगको समेत समन्वयमा नेपाल प्रहरीले अपरेसन गरिरहेका बेला नेपाल प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनालको चीन भ्रमण सरकारले रद्द गरेको छ।
गृहमन्त्री रामबहादुर थापा र आईजीपी खनालसहितको टोली यही पुस २१ गते चीन भ्रमण जाने कार्यक्रम रहेको थियो। गृहमन्त्री थापाँ चीन सरकारको निमन्त्रणामा ७ दिनका लागि चीन जाँदै छन्।
नेपालमा बसेर चीनविरुद्ध साइबर अपराधमा संलग्न चिनियाँ नागरिकको समूह सोमबार काठमाडौंमा पक्राउ परिरहँदा बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी खनाललाई चीन नपठाउने निर्णय गरेको हो।
अपरेसन फितलो भएको र प्रचारबाजी मात्र बढी भएको भन्दै सरकारले आईजीपी खनाललाई चीन भ्रमणमा नपठाउने निर्णय गरेको गृहको स्रोतले जनाएको छ ।
यसअघि आईजीपी खनाल भारत भ्रमणमा जाने प्रस्ताव पनि गृह मन्त्रालयले अघि नबढाएपछि रोकिएको थियो।यस्तै अमेरिका भ्रमण प्रस्ताव र अहिले चीन भ्रमण प्रस्तावसमेत मन्त्रिपरिषद्ले फिर्ता गरेको हो।
आफ्नो प्रतिकृया दिनुहोस्