काठमाण्डु । प्रहरीले नेपाली युवतीलाई भारतमा बलि चढाउन लागेकी युवतीको उद्धार गरेको छ ।
नेपाली युवतीलाई भारतीय एक धार्मिक गुरुको आश्रममा लगेर बलि दिने योजना प्रहरीले असफल पारेको प्रहरी परिसर काठमाण्डुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
युवतीले शंका लागेर सुरुमै प्रहरीको सहयोग लिएकाले बलि दिने योजना असफल पारिएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानकै क्रममा रहेकाले यसबारेमा बिहीबार पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराउने तयारी गरेको छ ।
काठमाण्डु प्रहरीले घटनामा संलग्न आरोपमा सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई महिला र पाँचजना पुरूष रहेका छन् ।
प्रहरीले घटनाबारे जानकारी पाएपछि काठमाण्डु र स्थानीय प्रहरीको समवन्यमा घटनामा संलग्न रहेको आरोपमा सातजनालाई पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भारत लगेर ती युवतीलाई बलि चढाउने योजना थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्