काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा शुक्रबार गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन् । ओलम्पियन गौरिकाले २ मिनेट १७।७३ सेकेण्डको समय निकाल्दै स्वर्ण जितेकी हुन् ।
योसँगै गौरिकाले लगातार दोस्रो दिन स्वर्ण जितेकी छिन् । बिहीबार गौरिकाले महिला २०० मिटर फ्रिस्टाईलमा स्वर्ण जितेकी थिइन् । गौरिका सागको पौडीमा व्यक्तिगत विधामा दुई स्वर्ण जित्ने पहिलो खेलाडी समेत बनिन् ।
अब गौरिकाले ६ स्पर्धामा प्रतिस्पर्धा गर्ने छिन् । भारतमा भएको १२ औं सागमा गौरिकाले १ रजत र दुई कास्य जितेकी थिइन् । यस स्पर्धामा भारतकी मनु राजिब पटेलले २ मिनेट २०।७१ सेकेण्डको समय निकाल्दै रजत जितिन् ।
श्रीलंकाकी गंगासेनले २ मिनेट २७.२५ सेकेण्डको समय सहित कास्य जितिन् ।गौरिकाले स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ४१ पुगेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्