धनुषा । आफूलाई लालबन्दी सर्लाहीबाट आएको ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसा जनकपुर उपमहानगरपालिका-४ आनन्दनगर बस्ने ३० वर्षीय प्रतिक कुमार चौधरीलाई बिहीबार राति पक्राउ गरेको हो । चौधरीले जनकपुर उपमहानगरपालिका-२४ स्थित सोना सति मन्दिर अगाडि सोना पाडा जाने बाटोमा हिँडडुल गर्ने मान्छेसँग पैसा उठाउँदै गरेको अवस्थामा प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले ज २ प ७३२४ नम्बरको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्