बारा । बलत्कारीलाई जोगाउन २०५८ सालमा जन्म भएका अभियुक्तलाई २०६० सालमा जन्म भएको भनि किर्ते कागज तयार पर्ने पचरौता नगरपालिका वडा नं-४ का वडासचिव पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पचरौता नगरपालिका वडा नं-४ स्थित सडकमा परिवर्तित नाम कलैया लाई पचरौता नगरपालिका वडा नं-५ बस्ने १८ वर्षीय सोहन भन्ने जितेन्द्र महतो नुनियाले बाटो रोकीछेकी नजिकै रहेको बगैचामा लगी जबरजस्ती करणी उधोग कसूर गरी फरार रहेका रहेको थियो ।
फरार अभियुक्त महतोलाई खोजतलाशको क्रममा गत मंसिर ९ गते पक्राउ परी सम्मानित बारा जिल्ला अदालतको पुस ९ गतेको आदेशले हाल मुद्दा पुर्पक्षको सिलसिलामा कारागार कार्यालय बीरगंज थुनामा रहेको घटनामा अभियुक्तलाई फाइदा तथा पिडितलाई हानी, नोक्सानी पुर्याउने नियतले पचरौता नगरपालिका वडा नं-४ र ५ का वडासचिव प्रभु पंडिंतले किर्ते कागज बनाएको जिल्ला प्रहरी बाराले जनाएको छ ।
पंडितले कागज किर्ते तयार गरेको भनि पचरौता नगरपालिका वडा नं-५ को कार्यालय बारा तथा पिडित समेतबाट उजुरी प्राप्त पश्चात लिखत सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी पंडितलाई गत पुस नौ गते पक्राउ गरी सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन पाँच को म्याद अनुमति लिई हिरासतमा राखी थपअनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालाय बाराले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्