काठमाडौं । केही समय अगाडि बाकेँ जिल्लाका तरुण दलका नेता केशर खड्कासँग खसी माग्ने ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक हेम शाहिलाई आन्दोलनकारी हरुले आक्रमण गरेका छन् ।
बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिका घाईते भएपछी
तनावग्रस्त बनेको छ । आइतबार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल ट्रकको ठक्करबाट बालिका घाईते भएकी थिईन ।
मृतक बालिकाको सनाखत भएको छैन । स्कुले बालिकाको मृत्यु भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् । आगजनीपछि प्रहरीले बल प्रयोग गरेपछि तनाव सिर्जना भएको थियो आन्दोलन अनियन्त्रीन नभएपछि प्रहरीले अश्रुग्याँसको प्रयोग गरेको हो ।
प्रहरीले अश्रुग्याँस प्रयोग गरेसँगै आन्दोलनकारीहरुले आक्रमण गरी ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरिक्षक हेम शाहि घाईते भएका छन् । घाईते शाहिलाई उपचारको लागि कोहलपुर मेडिकल कलेजमा लगिएको छ । अहिले कोहलपुरको स्थिती नियन्त्रण बाहिर रहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्