पर्सा । बिरगंज महानगरपालिका वडा नं-१६ रज्यन्ती चोक बाट अवैध लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिरगंज महानगरपालिका वडा नं-१२ बस्ने ३१ वर्षीय सुरज बेलदार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा बेलदारको साथ बाट फेनारागन १५ पिस, डाईजोल्याप १५ पिस, नुफिन १५ पिस गरी जम्मा ४५ पिस बरामद गरिएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्