काठमाडौं । विराटनगरबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।
गत बुधबार विराटनगर महानगरपालिका वडा नं-६ बस्ने बर्ष २९ को अनुज खत्रीले जम्फरको टोपीमा लुकाएर अवैध रुपमा ल्याउदै गरेको खैरो हिरोईन १ ग्राम ६०० मिलीग्राम सहित पक्राउ परेका छन्।
खत्रीलाई विराटनगर महानगरपालिका वडा नं। १५ स्थित भन्सार कार्यालयको १ नं ढाटमा भारतको जोगवनीबाट नेपालतर्फ प्रवेश गर्ने क्रममा प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
विराटनगर महानगरपालिका वडा नं-६ बस्ने बर्ष २६ को अयुव आलम र जिल्ला मोरङ केराबारी गाउँपालिका वडा नं-१० बस्ने बर्ष ४१ बर्षिय तेज बहादुर लिम्बु समेतको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले बताएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उल्लेखित लागु औषधमा अन्य दुईजना पनि संलग्न रहेको प्रहरीले जानकारी दिएको छ । विराटनगर महानगरपालिका वडा नं। ६ बस्ने बर्ष २६ को अयुव आलम र जिल्ला मोरङ केराबारी गाउँपालिका वडा नं। १० बस्ने बर्ष ४१ बर्षिय तेज बहादुर लिम्बु समेतको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानले बताएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्