नवलपरासी(पूर्व) । कावासोती नगरपालिका-१६ तिनघरे चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६० एम्पुल, फेनारगन ६० एम्पुल र नुर्फिन ६० एम्पुल सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका-११ बस्ने २४ वर्षीय रोशन पाठक र आईत बहादुर थिङ रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
गत बुधवार राति जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु १ ख ८६२२ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्