दाङ । घोराही उप-महानगरपालिकामा पानिमा डुवेर दुई जनाको मृत्यु भएको छ ।
घोराही उप-महानगरपालिका वडा नं-१ अठ्ठाईसे बस्ने भुपेन्द्र घर्तीको छोरा वर्ष २५ को युवराज घर्ती र घोराही उप-महानगरपालिका वडा नं-१ अठ्ठाईसे बस्ने ४ वर्षीय शमिर घर्तीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार आफ्नै घर छेउमा रहेको किचिनि दहको पानीमा खेल्ने क्रममा डुबी बेहोस भई उपचारको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा ल्याउदै गर्दा दुबै जनाको बाटोमै मृत्यु भएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्