बझाङ । बझाङमा जडीबुटी सङ्कलन गर्न गएका दुई जनाको हिउँमा पुरिएर मृत्यु भएको छ । सुर्मा गाँउपालिका–१ बस्ने १८ वर्षीय कविराज बोहरा र १४ वर्षीय सहदेव बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए ।
मङ्सिर २५ गते घरबाट सुर्मा गाँउपालिकाको ओखल भन्ने ठाउँमा जडीबुटी सङ्कलन गर्न हिँडेका दुवै जनाको हिउँमा पुरिएर मृत्यु भएको उनले बताए ।
जडीबुटी सङ्कलन गर्न गएका दुवै जना घर नफर्किए पछि खोजी गर्दै जाँदा मङ्गलबार मृत अवस्थामा फेला परेको प्रहरी नायवबउपरीक्षक बमले जानकारी दिए ।दुवै जनाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्