काठमाडौं । दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको अपहरणको जिम्मेवारी विप्लव समूहले लिएको छ ।
विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविले प्रेस विज्ञप्ति जारी गर्दै अपहरणको जिम्मेवारी लिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘निज शाहीले ठाँटीकाँध गाउँपालिकामा चरम भ्रष्टचार गरेको, कमिशन खाएको र सीआईडी गरेकाले पार्टीको नियन्त्रणमा लिइ आवश्यक छानविनसहित सकुशल रािखएको छ ।’
साथै, शाहीद्वारा भएको भ्रष्टचारको असूली गराउन भन्दै विना सर्त देशव्यापी रूपमा समूहका नेता, कार्यकर्तालाई रिहाइ गर्न माग गरिएको छ ।
शनिबार राति करिब दुई बजे शाही र उनकी पत्नी इलालाई घरमा सुतिरहेकै वेला अपहरण गरिएको थियो । तर, इलालाई भने करिब दुई घन्टा हिँडाएर छाडिएको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्