पर्सा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले विरगंज महानगरपालिकाको लेखा शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत रमेशकुमार जैसवाललाई पक्राउ गरेको छ ।
जैसवाललाई १५ हजार घूस लिइसकेको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको हो ।
सम्पन्न भएको कामको भुक्तानी दिने प्रयोजनका लागि लिएको घूससहित जयसवाललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्