काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरको महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसी घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।
बिज्ञापनवापतको रकम भुक्तानीमा सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अखितयारको टोलीले लेखा शाखामा कार्यरत लेखा अधिकृत घिमिरे र लेखापाल केसीलाई ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्