काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुमिसुधार तथा मालपोत कार्यालयका एक सुब्बालाई घुससहित रङगेहात पक्राउ गरेको छ ।
भुमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायवसुब्बा नारायणराज मिश्रलाई घुससहित रङगेहात पक्राउ गरेको हो ।
अख्तियारका अनुसार मिश्रले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि उक्त कार्यालयमा कार्यरत कार्यालय सहयोगी भाईकाजी गोतमलाई ४० हजार दिनु भनेर मागेको सुचनाको आधारमा पक्राउ गरेको हो ।
मिश्रलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्