गुल्मी । रुरुक्षेत्र गाउँपालिका बस्ने १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
प्रहरीका अुनसार गुल्मी, रुरुक्षेत्र गाउँपालिका बस्ने १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुरुक्षेत्र गाउँपालिका-४ खानीडाँडा बस्ने ४१ वर्षीय भोज बहादुर सार्कीलाई बिहीबार बिहान पक्राउ गरेको हो ।
सार्कीले बालिकालाई जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्