सुनसरी । बराह क्षेत्र नगरपालिकाबाट सबमेसिनगन, त्यसमा प्रयोग हुने गोली र एक बोरा विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ ।
बराहक्षेत्र–५, एकताटोलस्थित खेम प्रधानको कुखुरा फार्मको जगमुनि लुकाएर राखेको अवस्थामा आइतबार एसएमजी, त्यसमा प्रयोग हुने गोली ९ हजार ९ सय ८२ थान बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
सुनसरीका प्रहरी उपरीक्षक ९एसपी० यज्ञविनोद पोखरेलका अनुसार कुखुरा फार्ममा प्रतिबन्धित हतियार रहेको गोप्य सूचना प्राप्त भएपछि खानतलासी गरिएको थियो । हतियार र गोली पहिला नै गाडेर राखिएको जस्तो देखिएको एसपी पोखरेलको भनाइ छ ।
प्रहरीले बरामद गरेको अत्याधुनिक हतियार सेनाको जिम्मा लगाइएको छ । कुखुरा फार्म सञ्चालक प्रधान द्वन्द्वकालमा माओवादीका कार्यकर्ता रहेको खुले पनि हतियार कसले लुकाएको भन्नेबारे भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्