बारा । परवनीपपुर गाँउपालिकाबाट इट्टा उद्योग बिष्फोट गर्छु भन्दै फिरौती रकम लिने ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पारवानीपुर गाँउपालिका वडा नं-४ बस्ने ३१ वर्षीय प्रमोद साह गोढ, पारवानीपुर गाँउपालिका वडा नं-४ बस्ने २० वर्षीय देव शङकर राम, जितपुर सिमरा उपमहानगरपालिका वडा नं-२० बस्ने २० वर्षीय अच्छेलाल गोसाँई र फेटाँ गाउँपालिका वडा नं-३ बस्ने ३९ वर्षीय दिपेन्द्र कुमार धानुक रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रहरीका अनुसार परवनीपपुर गाँउपालिका वडा नं-४ स्थित रहेको इट्टा उद्योगका संचालक कलैया उप महानगरपालिका वडा नं।२५ बस्ने मनोज प्रसाद साह तेलीलाई परवानीपुर गाउँपालिका वडा नं।४ बस्ने बर्ष ३१ को प्रमोद साह गोढले २र३ महिना पहिला देखी पटक पटक फोन गरी पन्द्र लाख फिरौती रकम माग गरेको हो ।
फिरौती रकम दिन अस्वीकार गरेपछी प्रमोद गोढ समेतले निज मनोज प्रसाद तेलीको उक्त इट्टा उद्योगमा बम बिष्फोट गरी फिरौती रकम दिनु नत्र घरपरिवार समेतलाई खतरा हुने छ भनि मोवाइल एसएमएस तथा फोनबाट धम्की दिई गत मंसिर २५ गते प्रमोद साह गोढले मनोज प्रसाद साहलाई फोन गरी फिरौती रकम ३,००,०००।लिएर परवानिपुर गाउँपालिका वडा नं-४ स्थित चैनपुर भन्ने स्थानमा आउनु भनि बोलाएको भन्ने इलाका प्रहरी कार्यालय सिमरामा उजुरी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली सोही स्थानमा खटी गई फिरौटी रकम माग गरी लिन जाने तपसिल बमोजिमका व्यक्तिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्