काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा मेची–कोसी ब्यूरो इन्चार्ज उमा भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार सुनसरीको बरोलाबाट सहयोगी सुमनसिंह पौडलसहित भुजेललाई १ प्रहरी र प्रहरीको विशेष ब्यूरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट नेकपाका महत्त्वपूर्ण आन्तरिक कागजातसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
संगठित रूपमा आपराधिक गतिविधि गरेको भन्दै गत वर्ष चैतमा सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता विप्लव समूहका सयौं नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्