झापा । काठमाण्डौको तिनकुनेबाट नेकपा विप्लव समुहका झापा जिल्लाका सदस्य एवं मेचिनगर ईन्चार्ज याम कुमार गिरी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार झापा जिल्लाको बिर्तामोडमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालयको निर्माणाधिन भवनमा बम बिष्फोटन गराई क्षेती पुर्याई फरार रहेका ब्यक्तिहरुमध्ये नेकपा विप्लव समुहका झापा जिल्लाका सदस्य एवं मेचिनगर ईन्चार्ज याम कुमार गिरीलाई पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष टोलीले शुक्रबार बेलुका काठमाण्डौको तिनकुनेबाट पक्राउ गरी अनुसन्धान भईरहेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्