काठमाडौं । आर्थिक प्रलोभनमा पारी ‘बलि’ दिनका लागि एक मोडललाई भारत लैजाँदै गर्दा पक्राउ परेका सात जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले मंगलवार नियन्त्रणमा लिएका उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा नवलपरासी कावासोती घर भएकी २६ वर्षीय कृष्ण तामाङ, सप्तरीका ४१ वर्षीय उमेश शाह, धादिङकी २४ वर्षीय दिलकुमारी बुढामगर, ३५ वर्षीय उमेश माझी, मोरङका ५१ वर्षीय दिलीप पोदार, धादिङकी २६ वर्षीय प्रेममाया तामाङ र सुनसरीका ३७ वर्षिय रंजित कुमार चौधरी रहेका छन् ।
मोडल भनिएकी युवतीले आफूलाई बलि दिने योजना बनाएको शंका लागेपछि प्रहरीमा खबर गरेकी थिइन्।
पुस ४ गते परिसरमा उजुरी परेपछि प्रहरीको टोलीले मोडल युवतीको निगरानी गर्दै विराटनगर पुगेको थियो। विराटनगर पुगेर मोडलिङको लागि बोलाएका आयोजकको गतिविधिमा शंका लागेपछि उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
धादिङ घर भई काठमाडौ सितापाईला बस्ने प्रेममाया तामाङले मोडलिङ गर्न शुरुमा प्रस्ताव गरेकी थिइन। उनले युवतीको ६ फिट उचाई नाप गरी त्यसको भिडियो विराटनगरमा रहेका उमेश शाहलाई पठाइन्। त्यसपछि उनलाई विराटनगर लैजाने योजना बनेको थियो।
तिनै मोडलका लागि कृष्ण तामाङले काठमाडौंबाट विराटनगर जाने हवाई टिकट काटेकी थिइन् दिलकुमारी बुढा भने ति मोडलसँगै विराटनगर पुगेकी थिइन्। विराटनगरमा रहेका उमेश शाहले भेटी भ्यानमा राखेर राम जानकी मन्दिरको खाजा घरमा लगेका थिए।
त्यसपछि विराटनगर जलजलाचोकस्थित कालीमन्दिरको धर्मशालाको कोठा नम्बर २०५ र ६ बुक गरेर युवतीलाई राखेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
त्यहाँ पनि पुनः ति युवतिको उचाई लगायत महिनावारी भए÷नभएको, घाउ चोटपटक भए÷नभएको अप्रेशन गरे नगरेको जाँच गरेका थिए। कृष्ण र उमेश बाहिर गएर युवतीलाई तान्त्रिक पूजाका लागि सीमा पारी लगेर पूजा गराउने भन्दै अपरिचित व्यक्तिहरुसँग कुराकानी गरेको प्रहरीले जानकारी पाइसकेको थियो।
उनीहरुको छलफलमा उमेश माझी, रंजित कुमार चौधरी, दिलिप पोदारसँग समेत छलफल गरी तान्त्रिक पूजाका सामाग्रीसहित युवतीलाई मोडलिङका लागि आवश्यक सामान कपडा किनाउने बहानामा जोगवनी पारी लैजाने योजना बनाउँदै गरेको अवस्थामा विराटनगर फूलचोक बुढीगंगा १ बाट प्रहरीले नियन्त्रणमा लिएको परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए ।
घटनाको प्रारंभिक अनुसन्धानमा पक्राउ व्यक्तिहरुले मोटो आर्थिक रकम पाउने आशमा ६ फिट उचाई भएको महिला युवती खोज्दै विराटनगर हुँदै तान्त्रिक पुजाको लागि वोर्डर पार गराउने योजना बनाएको देखिएको छ ।
मुख्य योजनाकार दिलिप पोदारलाई भारत विहारको मन्दिरको वावा लगायत अन्य व्यक्तिहरुले पैसा दिई सम्पर्क गरेको देखिएको संलग्न प्रेम माया र कृष्णले ५ लाख पाउने आश्वासन पाएको साथै अन्य व्यक्तिहरुले केही रकम वरामदी गरीएको वाहेक ठूलो मात्रामा रकम पाउने प्रलोभनमा परी योजना बनाएको दरखिएको पनि प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरुको साथबाट नगद १ लाख ९ हजार ५ सय रुपैयाँ स सामसुङ्ग मोवाइल ७ थान, विभिन्न वैंकका ९ लाख १ हजारको चेक, कालो रङ्गको धागो, गेरु रंगको कपडा कालो धागोले बाँधेको चाँदीको जन्तर २ थान, कृष्ण तामाङ्गको एटिएम कार्ड ७ थान, तान्त्रिक पुजाका सामाग्रीहरु बरामद गरेको थियो ।
आफ्नो प्रतिकृया दिनुहोस्