दाङ । घोराही उप-महानगरपालिका वडा नं.१२ रतनपुर बाट १३ लाख भारतिय रकम सहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नंबर १२ बस्ने बिशाल भन्ने गोकर्ण वहादुर बि.क रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार विकले भारत हरियाना राज्यको चरसीदादरी जिल्ला स्थित घरेलु कामकाज गर्न बस्ने क्रममा सोही घरबाट चोरी गरी ल्याएको हो ।
घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्