सिराहा । कजेन्हा नगरपालिकाबाट स्रोत नखुलेको अवैध रकम सहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कजेन्हा नगरापालिका वडा नं-९ बस्ने ३२ वर्षीय कुमार महरा, लहान नगरपालिका वडा नं-१९ बस्ने २९ वर्षीय जिवछ कुमार शाह, लहान नगरपालिका वडा नं-२० बस्ने ४० वर्षीय श्रीदेव महत्तो र सुनसरी जिल्ला रामधोनी नगरपालिका वडा नं-९ बस्ने ३९ वर्षीय श्रवण कुमार चौधरी रहेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरिक्षक भेशराज रिजालले बताएका छन् ।
विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खतिएको प्रहरी टोलीले अवैध स्रोत नखुलेको ५ लाख २९ हजार भारतीय रुपैया र नेपाली २९ हजार रुपैया सहित चार जनालाई पक्राउ गरेको र उनिहरुसँगै डब्लुबी ०६ एफ ७२३२ नंबरको भारतिय गाडि बरामद गरेको ईलाका प्रहरी कार्यालय अहानका प्रहरी नायव उपरिक्षक भेषराज रिजालले बताएका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्