काठमाडौं । प्रहरीले एक किलो नक्कली सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ कारबाहीका २२ वर्षीय भुपाल लिम्बु र पाँचथरको मिक्लाजुङका २४ वर्षीय अरुण राई रहेका छन् ।
उनीहरु गोंगबुस्थित होटल तनहुँबाट पक्राउ परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएका छन् ।
प्रहरीका अनुसार नक्कली सुन बिक्री गर्नलाई ४५ लाखमा डिल भएको थियो तर, बिक्री गर्ने प्रयास गर्दागर्दै हामीलाई उनीहरुलाई पक्राउ गर्न सफल भयौं ।
पक्राउ परेका दुवै जनाविरुद्ध मंगलबार ठगी कसुर अन्तरगत म्याद थप गरेर विस्तृत अनुसन्धान थालिनेछ ।
आफ्नो प्रतिकृया दिनुहोस्