पर्सा । बहुदरमाई नगरपालिकाबाट ४ वर्ष अगाडीको ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई फरार रहेका १ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार मिति २०७२।०३।२५ गते जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं।४ बस्ने १६ वर्षीय सुनिल यादवलाई लाठी फाटा समेतले कुटपिट गरी घाईते बनाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई फरार रहेका बहुदरमाई नगरपालिका वडा नं।४ बस्ने २२ वर्षीय राजेश यादवलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार दिउसो गाँउ टोलमा लुकीछिपी बस्दै गरेको अवस्थामा नियन्त्रणमा लिईएको हो ।
आफ्नो प्रतिकृया दिनुहोस्