काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरोले आर्थिक प्रलोभन देखाएर नेपाली बालिकालाई बलात्कार गरेको आरोपमा एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। आइतबार एयरपोर्टस्थित मेमोरियल गेस्ट हाउसबाट ४० वर्षीय ज्यासोन लोएड मुडीलाई पक्राउ गरेको हो।
मुडीलाई होटलको १०४ नम्बर कोठाबाट तीन बालिकासहित पक्राउ गरिएको हो र मुडीलाई आपत्तिजनक अवस्थामा पक्राउ गरिएको ब्युरोले जनाएको छ। ५६७४७२५३५ राहदानीबाहक उनलाई जबरजस्ती करणी तथा जबरजस्ती उद्योग गरेको कसुरमा अनुसन्धान थालिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए। मुडी अमेरिकाको इलिनोइज राज्यका हुन्।
पाण्डेका अनुसार एक बालिकालाई उनले करणी गरेका थिए। दुई बालिकालाई करणी प्रयास गरेको खुलेको छ। तिनै बालिका ७,९ र ११ वर्षका हुन्। मुडी बसेको कोठाबाट तीन थान राहदानी, ल्यापटप, चार थान मोबाइल, बैंकका एटिएम कार्डहरू, विश्वभाषा क्याम्पसबाट जारी भएको परिचय पत्रलगायत बरामद भएको छ।
मुडी विश्वभाषा क्याम्पस पढ्थे। उनी बाल यौन दुराचारमा संलग्न रहेको ब्युरोले जनाएको छ। ‘उनले बालकहरूलाई कोठामा लगेर यौन दुराचार गर्ने गरेको सूचनापछि प्रहरीले होटलमा छापा मारेको हो,’ ।
आफ्नो प्रतिकृया दिनुहोस्