काठमाडौं । यात्रु बस खोलामा खस्दा इन्डोनेसियामा कम्तिमा २५ जनाको ज्यान गएको छ । अरु १३ जना घाइते भएका छन् ।
दक्षिण सुमात्रा प्रान्तमा सोमबार राति ड्राइभरसहित ३८ जना रहेको बस खोलामा खसेको थियो । बस झण्डै १ सय मिटर तल खसेको बताइएको छ ।
घाइतेहरूको उद्धार तथा मृतकको शव निकाल्नका लागि १ सय २० जना उद्धारकर्मी खटिएको सरकारी अधिकारीले बताएका छन् ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको सरकारी अधिकारीले जानकारी दिए । ऐजेन्सी
आफ्नो प्रतिकृया दिनुहोस्