काठमाडौं । भारतको लोकसभा र राज्यसभाबाट पारित नागरिक संशोधन विधेयकको विरोधमा एक उच्च प्रहरी अधिकारीले राजीनामा दिएका छन् ।
महाराष्ट्र राज्य मानवअधिकार आयोगका प्रहरी महानिरीक्षक पदमा कार्यरत अब्दुर रहमानले राजीनामा दिने घोषणा गरेका हुन् ।
महानिरीक्षक रहमानले बिहीबारदेखि लागु हुने गरी राजीनामा दिएको सामाजिक सञ्जाल ट्विटमा उल्लेख गरेका छन् । नागरिकता संशोधन विधेयकले भारतीय संविधानको धारा १३, १४ र २५ उल्लंघन गरेको उनको दाबी छ ।
विधेयकले निश्चित समुदायमाथि भेदभाव गरेकाले आफूले जागिरबाट स्वेच्छिक अवकाश लिएको उनले पत्रमा उल्लेख गरेका छन् ।
आफ्नो प्रतिकृया दिनुहोस्