बारा । विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेडिहरलाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय प्रसौनी गण्डकको टोलीले गाउँपालिका अध्यक्ष पाललाई आइतबार बिहान ११ बजे पक्राउ गरेको हो । २८ माघ २०६२ मा भएको सवारी ज्यान मुद्दाका अभियुक्त भेडिहरलाई जिल्ला अदालतले २०६३ भदौमा २९ दिन कैद सजाय र दुई हजार जरिवानाको फैसला गरेको थियो । फरार सुचीमा रहेका उनलाई पक्राउ गरि अदालत समक्ष पेश गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
जिल्ला अदालतबाट भेडिहरलाई कारागार पठाउने आदेश भएकोले वीरगन्ज कारागार पठाइने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्