काठमाडौं । नेपालले साइक्लिङमा स्वर्ण पदक जितेको छ । काठमाडौं, गोकर्णमा बिहीबार भएको प्रतिस्पर्धामा लक्ष्मी मगरले स्वर्ण जितेकी हुन ।
जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा साइक्लिङमा नेपालले जितेको तेस्रो स्वर्ण हो । यो सागमा नेपालको स्वर्ण संख्या ३१ पुगेको छ ।
साइक्लिङमै उषा खनालले रजत पदक जितेकी छन् । १७ रजत सहित नेपालको अहिलेसम्मको कुल पदक संख्या ७६ पुगेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्