काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नेपाल भ्रमण बर्ष २०२० मुल आयोजक समितिले ५ औँ बैठक सुरु गरेको छ ।
पर्यटन मन्त्री योगेश कुमार भट्टराईको अध्यक्षतामा जारी बैठकमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, पर्यटन बोर्ड सुरक्षा निकायको प्रमुखहरुको उपस्थिति रहेको छ ।
बैठकमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा नियुक्त भएका पदाधिकारीलाई स्वागत गरिने छ । साथै बैठकमा सुरक्षा ब्यबस्था ,कार्यक्रम निर्माण तथा ब्यबस्थापन, सचिवालयले गरेका काम सम्बन्धमा छलफल भैरहेको छ ।
बैठकको अन्त्यमा पर्यटनमन्त्री भट्टराईले मातहतका सबै निकायलाई निर्देशन दिने कार्यसूची रहेको छ । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा सोलुखुम्बुका बच्चु नारायण श्रेष्ठलाई सदस्य सचिवको रुपमा नियुक्त गरेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्