काठमाडौं । जथाभावि हरन बजाउने १८८ सवारीसाधनलाई नेपाल ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
उपत्यका भित्र ध्वानि प्रदुषणको समस्या वढेपछि जथाभावि हर्न बजाएर गुड्ने सवारीसाधनमाथि महानगरीय ट्राफिक महाशाखाले कारवाही बढाएको हो । माहाशाखाले सोमबार मात्रा १८८ सवारी साधनलाई कारवाही हरेको हो ।
हर्न बजाउदा के हुन्छ ?
सवारीसाधनबाट निस्केको हर्नको आवाजका कारण ध्वानि प्रदुषण हुन्छ जसकारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढदै जाने, हृदयघात हुने पक्षघात हुने, स्वासप्रस्वामा समस्या हुने स्मरण शक्तिमा कमि आउने, अशक्त, बालबालिका, जेस्ठ नागरीक र गर्ववति महिलाहरुलाई समस्गा हुनेहुदा कारवाहि बढाएको प्रहरी वरिष्ट उपरिक्षक भिम प्रसाद ढकालले जनाएका छन् ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी गम्भीर दुर्घटना हुने खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्को भाग नदेखिने खतरनाक मोड र चोकमा हर्न पूर्ण रूपमा निषेध गरिएको जानकारी दिए ।
‘ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरेका छौं,’ प्रहरी वरिष्ठ उपरीक्षक ढकालले उनले भने ।
प्रहरी वरिष्ठ उपरीक्षक ढकालका अनुसार उपत्यकालाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको दिन १ वैशाख २०७४ देखि हालसम्म उपत्यकामा जथाभावी हर्न बजाउने ४३ हजार ६ सय २३ सवारीसाधनलाई कारबाही गरिसकिएको छ ।
यही मंसिरमा मात्रै विशेष अभियान सञ्चालन गरी ५ सय ९८ सवारीसाधन कारबाहीमा परेका छन् । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ को (ग) अनुसार ट्राफिक प्रहरीले कारबाही प्रक्रिया चलाउँदै आएको छ । उक्त दफाअनुसार सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको खण्डमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर ५ सय रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था छ ।
आफ्नो प्रतिकृया दिनुहोस्