काठमाडौं । भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ । सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) समेत फुटाइएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिएका छन् ।
गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको थियो। गुम्बाको सेफ तीन वर्षदेखि खोलिएको थिएन । उनले दानपेटिकामा लाखौँ रुपैयाँ रहेको पनि बताए । बिहान ४ बजे गुम्बामा पूजा गर्न जाने क्रममा चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीले मुचुल्का उठाउनाका साथै चोरीमा संलग्नको खोजी भइरहेको जानकारी दिएको छ । रासस
आफ्नो प्रतिकृया दिनुहोस्