काठमाडौं । प्रधानमन्त्री केपी सर्मा ओलीको स्वास्थ्य अवस्थाबारे बुज्न पुर्वप्रधानमन्त्री तथा नेपाली काङग्रेसका सभापति सेरबहादुर देउवा त्रिवि शिक्षण अस्पताल महाराजंग पुगेका छन् । देउवाले ओलीलाई नै भेट्न भने पाएनन् । एपेन्डिसाइटिसको अप्रेशनपछि ओलीलाई भेट्न कसैलाई पनि दिइएको छैन ।
मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरी भेन्टिलेटरमा राखिएको थियो ।
पेट दुख्ने समस्या बढेपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल गएका थिए । चिकित्सकहरूले स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस भएको पत्ता लागेपछि अप्रेशन गरिएको हो ।
आज विहान स्वास्थ्यमा केही सुधार आएपछि प्रम ओलीले कुर्चिमा बसेर चिया खाएको स्रोतले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्