काठमाडौं । नेपालमा हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले चक्रपथभित्र मंसिर १५ र २४ गते जोरबिजोर प्रणाली लागू गर्ने भएको छ।
मसिंर १५ अर्थात् खेल उद्घाटनका दिन बिजोर संख्याको सवारी चलाउनु पर्नेछ। त्यस्तै २४ गते खेल सम्पन्न हुने दिन जोर संख्याका सवारी चलाउनु पर्ने बताइएको छ।
सागको व्यवस्थापनका लागि दुई दिन जोर विजोर प्रणाली लागू गरिएको नेपाल प्रहरीका प्रमुख सर्वेन्द्र खनालले साग सुरक्षाा उपसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिए।
आफ्नो प्रतिकृया दिनुहोस्