लिबिया । ३८३ अवैध युरोपियन प्रवासीको लिबियाको बिया शहरबाट उद्धार गरिएको छ ।
एक सातामा चलाएको अलग–अलग पाँच अप्रेसनबाट बिहीबार लिबियामा लिबियन कोस्ट गार्डमार्फत प्रवासीको उद्धार गरिएको हो।
लिबियाको नौसेनाले शनिबार प्रवासीको उद्धार गरेको पुष्टि गरेको हो । बचाइएकाहरूमध्ये गर्भवती महिला पनि सामेल भएको समाचार एजेन्सी सिन्हुआले जनाएको छ । गर्भवतीले तट रक्षक गस्ती नाउमा एक बच्चा जन्माएकी छिन् ।
३८३ प्रवासी भध्य यी महिला ९९ अवैध युरोपियन आप्रवासीमध्ये समूहमा थिइन् । अन्य २८४ प्रवासीलाई बुधबार अलग–अलग अभियानका क्रममा बचाइएको थियो । यस वर्ष लिबियामा हजारौं प्रवासीहरूको ज्यान गएको थियो । एजेन्सी
आफ्नो प्रतिकृया दिनुहोस्