वीरगंज । १८ औं व्याचका आन्दोलनरत नेशनल मेडिकल कलेजका विद्यार्थी, प्रशासन र कलेज व्यवस्थापन पक्षबीच शनिबार पहिलोपटक त्रिपक्षीय वार्ता भएको छ ।विद्यार्थीहरुलाई कुटपिट गर्नेहरुलाई गिरफ्तारी गर्ने कि छानविन समिति बनाउने भन्ने विषयमा कुरा नमिल्दा वार्ता निश्कर्षविहीन बनेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई, नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारी र आन्दोलनरत विद्यार्थीका अगुवाहरु समेत वार्तामा सहभागी भएका थिए ।
मेडिकल कलेजका विद्यार्थीमाथि शुक्रबार भएको कुटपिटबारे छानविन समिति गठन गर्ने, आन्तरिक सुरक्षाको जिम्मा कलेज व्यवस्थापनले लिने र कलेजमा पठनपाठनको वातावरण तयार पार्न आन्दोलनरत विद्यार्थीले सहयोग गर्ने लगायत तीनबुँदे प्रस्ताव वार्तामा राखिएको थियो ।
उपस्थितिमा हस्ताक्षर गरेका आन्दोलनरत विद्यार्थीहरु निर्णयमा हस्ताक्षर नगरी निस्किएपछि सहमति हुन सकेन ।
आफ्नो प्रतिकृया दिनुहोस्