जर्मनीस्थित ड्रेसडेनमा रहेको राजकीय संग्रहालयबाट १ खर्ब २८ अर्ब बराबरको हिराका गहना चोरी भएको छ ।
यो घटना दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो भएको बताइएको छ । सो संग्रहालय डे«सडेनको शाही महलमा रहेको छ ।संग्रहालयबाट हिराका गहना चोरी भएको संग्रहायका निर्देशकले जानकारी दिएका हुन् ।
सो संग्रहालयमा हात्तीको दाँत, सुन, चाँदी, हिराजडित ४ हजार भन्दा बढी गरगहना साथै अन्य सामान रहेको बताइएको छ ।
चोरी भएको गहनामा १८ औं शताब्दीका सेक्सोनी शासक आगस्टस द स्ट्रंग को आभुषणको संग्रहमा रहेको एक हिरा पनि रहेको बताइएको छ ।
सो घटनाको अनुसन्धान भइरहेको प्रहरीले संग्रहालयको झ्याल तोडेर चोरी गरेको बताइएको छ । गहना चोरी भएको दिन सो क्षेत्रमा विद्युत् अवरुद्ध भएको र सोही कारण संग्रहालयमा जडित अलाम पनि नबजेको बताएको छ ।
तर संग्रहालयका रहेको क्यामेरामा २ जनाले झ्याल तोडेको दृश्य कैद भएको अनुसन्धान टोलीले जनाएको छ ।
प्रहरीकाअनुसार बर्लिनको बोडे संग्रहालयबाट २०१७ मा २४ क्यारेटका १ सय ग्राम सुनको सिक्का चोरी भएको थियो । यी दुई चोरीका घटना सम्बन्धित हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।एजेन्सी
आफ्नो प्रतिकृया दिनुहोस्