धनुषा । दाइजोमा पाएको मोटरसाइकल आफ्नो नाममा नगरेको भन्दै धुनषामा एक व्यक्तिले आफ्नै श्रीमती हत्या गरेका छन् ।
धुनषाको मिथिला बिहारी नगरपालिका–४ मिथिलेश्वरका बस्ने प्रकाश मण्डलले दाइजोमा दिएको मोटरसाइलक आफ्नो नाममा नामसारी नगरेको भन्दै २२ वर्षीया पत्नी कुसुम मण्डलको हत्या गरेका छन् ।
प्रकाशको प्रहारबाट घाइते अवस्थामा रहेकी कुसुन मण्डलको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उनकै ससुरा रामचन्द्र मण्डलले उपचारका लागि ल्याएका थिए तर सव अस्पताल पु¥याउनासाथ उनी फरार भएको माइतीपक्षले बताएका छन् ।
आर्थिक अभावका कारण दाइजोमा दिएको मोटरसाइकलको नामसारी गर्न नसकेकै कारण आफ्नी छोरीको हत्या गरेको मृतक कुसुन मण्डलको बुवा जीबछ मण्डलले आरोप लगाएका छन् । उनि भन्छन् , ‘ज्वाइँले मोटरसाइकल नामसारीका लागि पटक–पटक दवाव दिँदै आएका थिए, तर रकम नहुँदा केही समय पर्खन अनुरोध गरेका थियौं । त्यही झोकमा छोरीको हत्या गरेको हो ।’
माइती पक्षका अनुसार विवाहमा दुई लाख नगद, अपाचे मोटरसाइकल, सुन र १५ तोला चाँदीसमेत दाइजो दिएको हो। घटना शंकास्पद देखिएको भन्दै प्रहरीले मृतक कुसुमका श्रीमान प्रकाशलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी धनुषाले प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्