काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १ लाख ५९ हजार साउदी रियल सहित १ जना भारतिय नागरीक पक्राउ परेको छ ।
फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेको राहदानी नम्बर पि ९२२६३३३ वाहक भारतिय नागरिक ४७ वर्षीय अस्फक मिर्जालाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा मिर्जाको झोलाभित्र फल्स बटम बानाई लुकाई छिपाई राखेको ५ सय दरका ३ सय १८ थान गरी १ लाख ५९ हजार बराबरको साउदी रियाल फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मिजारलाई अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्