काठमाडौं । गैरकानुनी रुपले हुण्डीको कारोवार गरि राजश्व छलि गर्ने दुई जना पक्राउ परेका छन् ।
गोप्य सूचनाको आधारमा महानगरिय अपराध महाशाखबाट खटिएको प्रहरी टोलिले बिहीबार न्युरोडबाट २३ वर्षीय कृष्ण प्रसाद भट्टराई र रणमुक्तेश्वरबाट अन्जनी ओभरसिजका संचालक ५८ वर्षीय र्गोवर्धन प्रसाद सरावगीलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ३८ लाख १२ हजार नगद र केही थान चेक समेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भईरहेको महानगरीय अपराध प्रभागले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्