काठमाडौं । मंगलबार धनुषाबाट नाबालिकाहरुलाई काममा लगाईदिन्छु भन्दै वेश्यावृत्तीमा लगाउने दुई जना महिला पक्राउ परेका छन् ।
३ बर्ष अगाडी काठमाण्डौंको कक्षा ९ मा अध्ययन गर्दै गरेकी १२ बर्षीय नाबालिकालाई भाउजु नाता पर्ने जुना कुमारी खड्काले भारतको होण्डा कम्पनिमा मासिक २०,००० को काममा लगाईदिन्छु भनी प्रलोभन देखाई भारतको नयाँ दिल्ली स्थित रानीबागमा पुर्याई निरन्तर रुपमा डर, धाकधम्की देखाई नियन्त्रणमा राखी वेश्यावृतीमा संलग्न गराउने २ जना महिलालाई नेपाल प्रहरीको मानव बेचविखन ब्युरोले पक्राउ गरेको हो ।
बेचिएकी १२ वर्षीय नाबालिकाको बुवाले मानव बेचविखन ब्युरोको फेसबुक मार्फत मंसिर ८ गते सम्पर्क गरि घटनाको जानकारी गराएको हो ।
सुचना पाए लगत्तै मानव बेचविखन ब्युरोले गत मंगलबार धनुषा घर भएका दिल्लिमा बेश्यालय संचालन गर्दै आएका जोन्सा भन्ने जुनकुमारी खड्का र विरगंज घर भएका हाल घनुषा बस्ने सिता लामा भनिने सिम्रन तामाङलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भई रहेको मानब बेचविखन ब्युरोले जनाएको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्