काठमाडौं । सरकार शान्ति प्रकृयालाई टुंगोमा पुर्याउन प्रतिवद्ध रहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । नेपाली जनताको एकतालाई अझ सुधृढ गर्न सरकारले शान्ति प्रकृयालाई छिट्टै टुङ्ग्याउने गरी काम गरिरहेको जानकारी गृहमन्त्री थापाले जानएका छन् ।
सरकारले राखेको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई हासिल गर्नपनि शान्ति आवश्यक रहेको शुक्रबार काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय बैद्ध एकता सम्मेलन’लाई सम्बोधन गर्दै गृहमन्त्री थापाले बताए ।
गृहमन्त्री थावाले सरकारले सुशासन र राष्ट्रिय एकतालाई जोड दिएकाले यसलाई प्राप्त गर्न भगवान बुद्धका सन्देशलाई आत्मसाथ गर्नुपर्ने बताए ।
आफ्नो प्रतिकृया दिनुहोस्